"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

‘श्रमिक सहायता कोष’ बारे परामर्श परिषदमा छलफल

क्युएनए

श्रमिक सहायता कोषको मस्यौदा कानूनको विषयमा परामर्श परिषदमा छलफल भएको छ। अहमद विन अब्दुल्लाह बिन जेद अल महमाैदको सभापतित्वमा सोमबार बसेको साप्ताहिक छलफलमा श्रमिक सहायता तथा बीमा कोष स्थापना गर्ने मस्यौदा कानून माथि छलफल गरिएको थियो।

‘श्रमिक सहायता तथा बीमा कोष’ नामक मस्यौदा कानून स्थापना पश्चात मन्त्रिपरिषदको निगरानीमा रहने गरी बजेट निर्धारण हुनेछ। श्रम विवाद समाधान समितिको निर्णय बमोजिम श्रम विवाद हुँदा वा कम्पनी डुब्दा श्रमिकले पाउनु पर्ने हिसाब लगायत अन्य आर्थिक सहायता बन्ने कोषले भुक्तानी गर्नेछ।

रोजगार अनुमति जारी गर्दा तथा नविकरण गर्दा उठेको ६० प्रतिशत रकम यस कोषको मुख्य श्रोत हुनेछ। त्यस्तै राज्यले निर्धारण गरेको कोष सँगै कोष निर्देशन समितिले मान्यता दिएको दान,चन्दा सहयोग यस कोषमा जम्मा हुनेछ। कोष स्थापनाको विषयमा थप छलफल गर्नेगरी बैठक टुंगिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button