"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

श्रम स्वीकृति भयो कि भएन भनेर कसरी थाहा पाउने ?

के तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? विदेशमा आफूले गर्ने काम गर्ने कम्पनी, काम र कमाइको बारेमा थाहा छैन ? अथवा बिदामा नेपाल आएर वा बिदेश मै बसेर अनलाइन मार्फत श्रम स्वीकृति लिनुभयो ?

अनि, श्रम स्वीकृति भएको छ कि छैन भन्ने पनि थाहा छैन ? त्यसो हो भने जान्नका लागि अब म्यानपावरको भर पर्न पर्दैन ।

यस्तो जानकारी घरमै बसेर थाहा पाउन सकिन्छ । श्रम स्वीकृति नलिइ रोजगारीका लागि विदेश जान हुँदैन । श्रम स्वीकृति लिएर जाँदा विदेशमा केही समस्या परेमा उद्धार तथा राहतका लागि सजिलो हुन्छ ।

श्रम स्वीकृति भयो कि भएन भनेर यसरी हेर्नुहोस :

१. वैदेशिक रोजगार विभागको वेबसाईटमा जानुहोस ।

२. Search लेखेको ठाँउमा आफ्नो पासपोर्ट नम्बर हाल्नुहोस ।

३. अब तपाईंको श्रम स्वीकृति भएको नभएको हेर्न सकिन्छ । Approved date लेखिएको स्थानमा अन्तिम पटक भएको स्वीकृतिको मिति देख्न सकिन्छ । सो मिति देखि दुई वर्ष सम्म श्रम स्वीकृतिको म्याद रहन्छ ।

४. यसरी तपाईं हालसम्म कुन कुन देश जानुभयो ,कुन कम्पनीको लागि श्रम स्वीकृति लिनुभयो ,जीवन बिमा लगायत सम्पुर्ण विवरणको बारेमा पनि जान्न सक्नुहुनेछ ।


बिज्ञापन :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button