बिज्ञापन

संक्रमितको संख्या ओरालो लाग्यो,थप एक जनाको मृत्यु

कतारमा कोरोना संक्रमितको संख्या ओरालो लाग्न थालेको छ । तर मृत्यु हुनेको संख्या रोकिएको छैन ।

आज देशभर थप ३,२९४ जनामा कोरोना भाइरस संक्रमण र ३,९१७ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भाइरसको कारण आज एक ८४ वर्षिय व्यक्तिको ज्यान गएको छ ।

आज भाइरस देखिएका मध्ये २,३९४ जना स्थानिय र ३६० जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,१४,०७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३२,०८९ जनालाई परिक्षण गरिएको थियो ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

अस्पतालमा उपचार भैरहेका जम्मा – ५८६ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – १०२ जना

निको हुनेको संख्या : २,७१,७४१

आज सम्म खोप वितरण : ५५,४३,८३९

बुस्टर डाेज खोप वितरण : ५,७१,०००

आजको खोप वितरण : २९,८६०

निको हुन बाँकीको संख्या : ४१,७००

ज्यान जानेको संख्या : ६३२ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
9
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button