"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

सर्भरमा भाइरस देखिएपछि राहदानी सेवा ठप्प

राहदानी विभागको सर्भरमा भाइरस देखिएपछि  बिहीबारदेखि राहदानी सेवा अवरुद्ध भएको छ ।

विभागका अनुसार सर्भरमा मालवेयर प्रवेश गरेको आशंकामा थप क्षति रोक्नका लागि सर्भर बन्द गरिएको हो । बिहीबार देखि सर्भर डाउन भएर सबै सेवा प्रभावित भएको छ,” विभागका एक प्रतिनिधिले भने, “समस्या समाधान हुनेबारे निश्चित केही भन्न सकिने अवस्था छैन ।”

सर्भर डाउन हुँदा विशेषगरी तत्काल राहदानी बनाएर विदेश जानुपर्ने वा प्रक्रिया थाल्नुपर्ने सेवाग्राही बढी प्रभावित भएका छन् । समस्या समाधानका लागि प्राविधिक टोली खटाइएको विभागले जनाएको छ ।

सर्भरलाई चाँडो सञ्चालनमा ल्याउनका लागि प्रयास जारी रहेको र समस्या समाधान भएपछि सेवा पुनः सुचारु गरिने विभागले जनाएको छ ।

यता कतारस्थित नेपाली दूतावासले पनि सूचना जारी गरेर अर्को सूचना नआएसम्मका लागि  २५ नोभेम्बर देखि राहदानी सेवा बन्द गरिएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
5
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button