"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

सार्वजनिक स्थानमा फोहोर फाले २० हजार रियाल जरिवाना

सार्वजनिक स्थानहरुमा फोहोर फालेमा अब २० हजार रियाल सम्मको जरिवाना हुने भएको छ । कतारको परार्मश परिषद (शुराले) सोमबार देशको सार्वजनिक सरसफाई तथा स्वास्थ्य अभियान अन्र्तगत नयाँ कानुन स्विकृत गरेको छ ।

जारी गरिएको नयाँ नियम अनुसार

कम्पनी/कारखाना
नगरपालिकाले तोकेको ठाउँ भन्दा अन्यत्र फाहोर फालेमा २० हजार रियाल सम्मको जरिवाना तोकिएको छ । त्यस्तै जनावार तथा पंक्षीहरुलाई तोकिएको स्थान भन्दा अन्यत्र चराएमा पनि सोही जरिवाना लाग्नेछ । पहिले यस नियम उल्लघंन गर्ने कम्पनी वा सस्थालाई ६ महिना जेल सजाय र ५० हजार रियाल सम्मको जरिवाना रहेको थियो ।

घर/सर्वसाधारण
कुनै पनि व्यक्तिले नगरपालिकाले तोकेको स्थान भन्दा अरु ठाउँमा फोहोर फालेमा गरेमा सार्वजनिक स्वास्थ्य कानुन उल्लघंन हुने र १० हजार रियाल सम्मको सजाय हुनेछ ।पहिले यो नियम उल्लघंन गर्नेलाई ६ महिना जेल सजाय र १० हजार रियाल सम्मको जरिवाना रहेको थियो ।

नियम अन्र्तगत बाटो,सडक,गल्ली,पैदलमार्ग,बगैँचा,पार्क,समुन्द्र किनार,व्यक्तिगत घर,छत,भित्ता,बाल्कोनी,बरन्डा,कार पार्क  लगायतका ठाउँहरुमा फोहोर गरेमा वा फालेमा र सवारी भित्र बाट फोहोर फाल्दा पनि जरिवाना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button