सावधान : कतारको रोडहरुमा दैनिक रुपमा मोबाइल राडार सार्दै मन्त्रालय
ट्राफिक नियम उल्लंघन घटाउन र नियम मिच्ने सवारी चालकलाई सजायको घेरामा ल्याउने उदेश्यका साथ आन्तरिक मन्त्रालयले देशको विभिन्न स्थानहरुमा अस्थाई मोबाइल क्यामेराहरु जडान गर्न थालेको छ । क्यामेराहरु हरेक दिन विभिन्न सडकहरुमा सार्ने मन्त्रालयले जानकारी दिएको छ । क्यामेराहरु राख्ने सडकहरुको विवरण मन्त्रालयले हरेक दिन आफ्नो फेसबुक तथा ट्विटर पेज बाट दिनेछ ।
बढ्दो सवारी चाप संगै विभिन्न बहानामा सवारी नियम उल्लघंन गर्ने सवारीहरुलाई कारवाही गर्न ट्राफिक शाखाले एक हप्ता अघि देखि यस्तो नयाँ उपाय अपनाउन थालेको छ । सवारीको गति पत्ता लगाउने क्षमता भएका क्यामेराहरुले तोकिएको गति नाघ्ने सवारी साधनलाई निगरानीमा राख्दछ ।
मोबाइल राडारहरु आज फेब्रवरी २६ आईतबारका दिन युनिभर्सिटी स्ट्रीट ,सल्वा रोड, कोस्टल रोड र ट्रक रोडहरुमा जडान गरिएको आन्तरिक मन्त्रालयले आफ्नो ट्वीटर मार्फत जानकारी दिएको छ । साथै तोकिएको स्थानहरुमा तोकिएकै गति अनुरुप सवारी हाक्नुहोला । गति नियम मिच्ने सवारी साधनलाई ५०० कतारी रियाल सम्मको जरिवाना रहेको छ ।
देशको सबै भागमा यस्तो क्यामेराहरु दैनिक रुपमा सार्ने मन्त्रालयले थपेको छ ।मेबाइल क्यामेराले सडकको सुरक्षा बढाउने आशा गरिएको छ ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।