सिटबेल्ट नलगाउने र मोबाइल फोन प्रयोग गर्ने चालकलाई कारबाही हुने
सवारी चलाउँदा सिटबेल्ट नलगाउने र मोबाइल फोन प्रयोग गर्ने चालकलाई ट्राफिक विभागले कारबाही गर्ने भएको छ ।
विभागले आफ्नो सामाजिक सन्जाल मार्फत सूचना जारी गर्दै देशभरका मुख्य सडकमा अत्याधुनिक राडार जडानको कार्य पूरा भएको र सो नियम उल्लंघन गर्ने चालकलाई सेप्टेम्बर ३ देखि जरिवाना गर्ने बताएको छ।
विभागले स्वचालित राडारबाट अगस्ट २७ देखि नै निगरानी सुरु गर्नेछ । हाललाई नियम उल्लंघन गर्ने चालकको मोबाइल नम्बरमा नयाँ नियम बारे जागरण गर्न एक हप्ता जरिवाना नलाग्ने गरि एसएमएस मार्फत सूचना दिने बताएको छ ।
सेप्टेम्बर ३ देखि भने पूर्ण रुपमा नियम र जरिवाना लागू हुने विभागले बताएको छ ।
विभिन्न तथ्यांक अनुसार कतारमा सबैभन्दा बढी सवारी दुर्घटना हुनुको मुख्य कारण मोबाईल फोनको प्रयोग देखिएको छ ।
विभागले कडाई गरेको नियम अनुसार सवारी चालाएको बेला मोबाइल फोनको प्रयोग वा अन्य कुनै स्कृन मा ध्यान दिएको भेटिए ५ सय रियाल जरिवाना हुनेछ ।
त्यस्तै अगाडी सिटमा सिट बेल्टको प्रयोग नगरे र अगाडी सिटमा दश वर्ष भन्दा कम उमेरका बालबालिकालाई राखे ५ सय रियाल जरिवाना हुनेछ ।