सिटबेल्ट नलगाउने र मोबाइल फोन प्रयोग गर्ने चालकलाई आज देखि कारबाही हुने
सवारी चलाउँदा सिटबेल्ट नलगाउने र मोबाइल फोन प्रयोग गर्ने चालकलाई ट्राफिक विभागले आज बाट कारबाही गर्ने भएको छ ।
विभागले आफ्नो सामाजिक सन्जाल मार्फत गएको हप्ता नै सूचना जारी गर्दै देशभरका मुख्य सडकमा अत्याधुनिक राडार जडानको कार्य पूरा भएको र सो नियम उल्लंघन गर्ने चालकलाई सेप्टेम्बर ३ देखि जरिवाना गर्ने बताएको थियो ।
विभिन्न तथ्यांक अनुसार कतारमा सबैभन्दा बढी सवारी दुर्घटना हुनुको मुख्य कारण मोबाईल फोनको प्रयोग देखिएको छ ।
विभागले कडाई गरेको नियम अनुसार सवारी चालाएको बेला मोबाइल फोनको प्रयोग वा अन्य कुनै स्कृन मा ध्यान दिएको भेटिए ५ सय रियाल जरिवाना हुनेछ ।
सवारीमा मोबाइल होल्डर र स्क्रिन स्ट्यान्ड राख्न पाउने तर सवारी चलाएको बेला हातले प्रयोग गर्न भने नपाउने विभागले स्पष्ट पारेको छ । त्यस्तै सिटबेल्ट र कपडाको रङ्ग एउटै भएपनि क्यामेराले पत्ता लगाउन सक्ने विभागले भनेको छ ।
त्यस्तै अगाडी सिटमा सिट बेल्टको प्रयोग नगरे र अगाडी सिटमा दश वर्ष भन्दा कम उमेरका बालबालिकालाई राखे ५ सय रियाल जरिवाना हुनेछ ।