स्कुल बसमै छुटेपछि ४ वर्षिया बालिकाको ज्यान गयो
आफ्नो स्कुल बसमै छुटेपछि एक ४ वर्षिया बालिकाको ज्यान गएको छ ।
कतारको शिक्षा मन्त्रालयले घटनाको पुष्टि गर्दै छानबिन अगाडि बढाएको टुइटर मार्फत जानकारी दिएको छ । मन्त्रालयले मृतकको परिवार समक्ष समवेदना व्यक्त गर्दै लापरबाही गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने जनाएको छ ।
आइतबार बिहान वक्रा स्थित स्प्रिङ फिल्ड किन्डरगार्टेनको बसमा ती भारतीय छात्रा निदाएकी थिईन । बसको कर्मचारीले ध्यान नदिई सवारी बन्द गरि पार्क गरेर हिडे। सोही दिन बिहान ११:३० मा काममा फर्किएका कर्मचारीले बस भित्र अचेत अवस्थामा बालिका देखे र तुरुन्तै अस्पताल लगे । तर अस्पताल पुर्याए पनि बालिकाको ज्यान भने जोगिएन।
कर्मचारीले लापरबाही गरेको र विद्यार्थी कक्षामा नआएपछि विद्यालयले अभिभावकलाई जानकारी नगराएको भन्दै घटनाको सामाजिक संजालमा चर्को विरोध भैरहेको छ ।
मिन्सा मरियम ज्याकोब नाम गरेकी ती केरेला मुलका बालिकाको हिजो नै जन्मदिन रहेको खुलेको छ ।