हमाद विमानस्थलको शुल्क बढ्याे
कतार नागरिक उड्डयन प्राधिकरणले हमाद विमानस्थलमा सेवा शुल्क परिमार्जन गर्ने निर्णय गरेको छ ।
हालको यात्रु शुल्कलाई परिमार्जन गर्दै अन्य नयाँ वर्गमा शुल्कहरू थपिएको प्राधिकरणले सूचना जारी गर्फै जानकारी दिएको छ । नयाँ शुल्क अप्रिल १ देखि सुरु हुनेछ ।
हवाई टिकटमै भर्नुपर्ने परिमार्जित तथा नयाँ शुल्क
१. विमानस्थल विकास शुल्क
२४ घण्टा बढीका ट्रान्जिट सहित प्रस्थान गर्ने सबै यात्रु : ६० रियाल
२. यात्रु सुबिधा शुल्क
२४ घण्टा बढीका ट्रान्जिट सहित प्रस्थान गर्ने सबै यात्रु : ६० रियाल
३. यात्रु सुरक्षा शुल्क
२४ घण्टा बढीका ट्रान्जिट सहित प्रस्थान गर्ने सबै यात्रु : १० रियाल
दुई वर्ष भन्दा मुनिका बालबालिकालाई माथिको(१-३) शुल्क लाग्नेछैन ।
४. हवाई कार्गो शुल्क
आयात तथा निर्यात हुने सबै कार्गोमा १० मेट्रिक टन प्रति १० रियाल शुल्क लाग्नेछ । ट्रान्जिटमा आउने विमान भित्रै बस्ने कार्गोमा यो शुल्क छुट हुनेछ ।
One Comment