बिज्ञापन

१३ विमान कम्पनीले दोहा विमानस्थलबाट उडान स्थान्तरण गर्ने (सुची सहित)

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स सहित १३ विमान सेवा कम्पनीले भोलि देखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थान्तरण गर्ने कतारको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

विश्वकप प्रतियोगिताको समयमा यात्रुको चाप र हवाई ट्राफिक व्यवस्थापन गर्न सेप्टेम्बर १५ देखि डिसेम्बर ३० सम्म ती वायु सेवा कम्पनीले आफ्नो विमान कतारको पुरानो दोहा विमानस्थल मार्फत विमान उडान र अवतरण गर्नेछन् ।

विमानस्थलको आगमन तथा प्रस्थान टर्मिनलमा कार पार्किङ ,प्रार्थना हल , सिम कार्ड पसल,एटिएम र विदेशी मुद्रा साट्ने लगायतको सुविधा उपलब्ध रहनेछ ।

कार पार्किङ शुल्क

विमानस्थलको आगमन तथा प्रस्थान टर्मिनलमा कार पार्किङको ५ घन्टा सम्मको शुल्क १० रियाल लाग्नेछ । ५ घन्टा पछि २४ घन्टा सम्म प्रति घन्टा ५ रियाल र त्यसपछि २४ घन्टाको १४५ रियाल शुल्क लाग्नेछ ।

प्रस्थान

दोहा विमानस्थलको प्रस्थान टर्मिनल पुरानो एयरपोर्ट क्षेत्रमा रहेको डी रिङ्ग रोड र अल मतर स्ट्रिटको जंक्शनमा अवस्थित छ।

प्रस्थान टर्मिनलले प्रति घण्टा दुई हजार यात्रु धान्ने गरि डिजाइन गरिएको छ।  यसमा ८३ चेक-इन डेस्क, ५२ प्रस्थान अध्यागमन काउन्टर र २२ प्रस्थान बोर्डिङ गेटहरू छन्।

टर्मिनल भवन भित्र टिकट भएका यात्रुलाई मात्र प्रवेश दिइनेछ । भवनको ६ सय मिटर नजिकै रेड लाइनको अल मातर अल कादी मेट्रो स्टेशन भेट्न सकिन्छ ।

आगमन

विमानस्थलको आगमन टर्मिनल सी रिङ रोडको रस अबु अबाउदमा अवस्थित छ।

आगमन टर्मिनलले पनि प्रति घण्टा दुई हजार यात्रु धान्न सक्नेछ । भवनमा ५२ अध्यागमन काउन्टरहरू छन्।

भवनको ८०० मिटर नजिकै नेशनल म्युजियम मेट्रो स्टेशन भेट्न सकिनेछ । मेट्रोको अलवा बस, लिमोजिन, ट्याक्सी र भाडाका सवारी उपलब्ध रहेको छ ।

दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थान्तरण गर्ने विमान कम्पनी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
16
मनपर्‍यो
खुसी लाग्यो
48
खुसी लाग्यो
दुःख लाग्यो
15
दुःख लाग्यो
रुन मन लाग्यो
7
रुन मन लाग्यो
हाँसो लाग्यो
5
हाँसो लाग्यो
रीस उठ्यो
13
रीस उठ्यो
बिज्ञापन
Back to top button