१७ मे देखी सबैले अनिवार्य रुपमा मास्क लगाउनै पर्ने
आइतवार देखी अनिवार्य रुपमा मास्क लगाउन पर्ने विधेयक कतार सरकारले पारित गरेको छ ।
हिजो बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको बैठकले आउदो आइतबार अर्थात १७ मे सन २०२० बाट कतारमा रहेका सबै नागरिक एवं यहाँ बसोबास गर्ने सम्पुर्ण माथी मास्कको प्रयोगलाइ अनिवार्य गरेको हो ।
आफ्नो क्याम्प वा निवास बाट कुनै पनि कारणले बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्नेछ। तर एकल रुपमा सवारी साधन चलाउदा भने यो अनिवार्य रहेको छैन ।
भाइरस बाट बच्न चालिएको सुरक्षाको कदम अन्तर्गत सरकारी तथा निजि क्षेत्रमा सेवा दिने कामदार र निर्माण क्षेत्रका कामदारले पनि कामको समयमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ । नियम पालना गर्न गराउन त्यस क्षेत्रका अधिकारीहरु जिम्मेवार रहने मन्त्रालयले बताएको छ ।
नियम उल्लंघन गर्ने जो कोहिलाई सन् १९९० को कानुन नम्बर १७ बमोजिम सरुवा रोग निवारण तथा रोकथाम सम्बन्धिको नियमनुसार कार्वाही हुने बताइएको छ। उल्लंघन गरे तीन वर्ष कैद सजाय र अधिक्तम दुई लाख कतारी रियाल सम्म जरिवाना हुनेछ। अथवा दुई सजाय मध्ये एक सजाय हुने कानुनी प्रावधान रहेको छ ।
यो निर्णय आइतवार (मे १७ आइतबार, २०२०) देखि अर्को सूचना नभएसम्म लागू हुनेछ।