२८ वर्षपछि इंग्ल्याण्ड सेमिफाइनलमा, क्रोएसिया पनि २० वर्षपछि
रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा स्वीडेनलाई २-० ले हराउँदै इंग्ल्याण्ड २८ वर्षपछि र आयोजक राष्ट्र रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा प्रवेश गरेका छन् ।
इंग्ल्याण्डका लागि खेलको ३० औं मिनेटमा हयारी मागुरे र डेल अलीले ५८ औं मिनेटमा गोल गरे । कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० ले अग्रता लिएको इंग्ल्याण्डका लागि डेल अलीले गोल गर्दै अग्रता दोब्बर पारे । यो जित सँगै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा पुगेकाे हाे ।
उता क्रोएसिया आयोजक राष्ट्र रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै १९९८ पछी ऊ सेमिफाइनलमा पुग्न सफल भएको छ ।
दुबै टिमले निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म पनि २–२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
अब क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डसँग बुधवार राती ९ बजे खेल्नेछ भने फ्रान्स र बेल्जियम बिचको खेल मंगलवार राती ९ बजे हुनेछ