४० लाख रियाल पुरस्कार भएको सपिङ्ग फेस्टिवल भोलि देखि शुरू हुँदै
शप कतारको दोस्रो संस्करण अन्तर्गत ४० लाख नगद तथा ८ बीएमडब्लु कार पुरस्कार सहितको किनमेल महोत्सवमा भोलि बाट शुरू हुने भएको छ। यो वर्ष महोत्सवमा किनमेल सँगै शृङ्खलाबद्ध फेसन शो तथा मनोरञ्जनात्मक सँगै सांगीतिक कार्यक्रम पनि समावेस हुनेछ।
ए ब्रान्ड न्यू ट्रेडिसन (नयाँ परम्परा) भन्ने नाराका साथ विदेशी पर्यटक बढाउन कतारको यस सबैभन्दा ठूलो किनमेल महोत्सव भोलि जनवरी ७ देखि फेब्रुअरी ७ सम्म आयोजना हुन लागेको हो। लुगा, इलेक्ट्रोनिक्स, कस्मेटिक्स लगायत विभिन्न सामानमा ५० प्रतिशत सम्मको छुट सहित महोत्सवमा जम्मा १३ ओटा ठूला मलहरु सहभागी हुने कतार पर्यटन विकास विभागले जनाएको छ।
महोत्सवमा: अल खोर मल, सिटी सेन्टर दोहा, गल्फ मल, दोहा फेस्टिवल सिटी, ह्याट प्लाजा, लगुना मल, ल्यान्डमार्क मल, मल अफ कतार, तावर मल, द गेट मल, भिलाजियो मल, इज्दान मल र दर अल सलाम मल सहभागी हुनेछन्
त्यस्तै महोत्सवलाई आकर्षक बनाउन पर्यटन विकास विभागले अरेबियन,बलिउड र अन्तराष्ट्रिय हप्ता गरी तीन भागमा विभाजन गरेको छ।ती हप्ताहरुमा कन्सर्ट,फेसन शो,मास्टर क्लास,पप-अप वर्कशप लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना हुनेछ।
सांगीतिक कार्यक्रम अन्तर्गत बलिउड तर्फ गायक सोनु निगम र अन्तराष्ट्रिय तर्फ चर्चित ब्याण्ड चेन स्मोकर्सको प्रस्तुति रहनेछ।