४९ औं अमिर कपको फाइनल खेल हेर्न जान के-के गर्नुपर्छ ?
४९ औं अमिर कप प्रतियोगिताको फाइनल खेल यहि अक्टोबर २२ मा हुँदैछ ।
उपाधिको लागि अल साद्द र अल रय्यान कल्बबिच आमनेसामने हुनेछ । सोही दिन फाइनल खेल आयोजना हुने अल थुमामा रंगशालाको उद्घाटन पनि हुँदैछ ।
अमिर कपको फाइनल खेल हेर्न केके गर्नुपर्छ ?
१. भिसा कार्डको प्रयोग गरि अनलाइन मार्फत टिकट खरिद गर्नुहोस । यसपटक खुला टिकट बिक्री भएको छैन । टिकट खरिद गर्न यहाँ थिच्नुहोस् ।
२. टिकट खरिद गरेपछी फ्यान आईडीको लागि दर्ता गर्नुहोस । फ्यान आईडी बिना रंगशाला भित्र प्रवेश पाइने छैन । फ्यान आईडी दर्ता गर्न यहाँ थिच्नुहोस् ।
३. फ्यान आईडी कतार पोस्टले निशुल्क आफ्नै कोठा सम्म डेलिभरी गरिदिनेछ । यसका अलवा आईडी क्युएनसिसिमा राखिएको काउन्टर बाट हरेक दिन बिहान १० देखि राती ११ बजे सम्म लिन सकिनेछ ।
४. फ्यान आईडीको लागि कतारी आईडी , त्यसका लागि दर्ता पुष्टि भएको इमेल र एह्तेराज एपमा खोप लगाएको गोल्डेन फ्रेम वा भाइरस बाट निको भएको चिन्ह अनिवार्य हुनुपर्नेछ ।
५. खेल हेर्न फ्यान आईडी साथमा बोकेर रंगशाला जानुहोस । उक्त आईडी बोक्दा सोही दिन रंगशाला आउन जान निशुल्क मेट्राे चढ्न पाइनेछ ।