"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

७ बर्षपछि रेखा र आर्यन रुद्रप्रियामा

आर्यन सिग्देल र रेखा थापाबीच लामो समय बोलचाल नै बन्द थियो । उनीहरू एक–अर्काको नाम लिनसमेत चाहँदैनथे । कुनै कार्यक्रममा आम्नेसाम्ने हुँदा समेत उनीहरू एकले अर्कालाई नदेखेको झैँ गरी मुन्टो बटार्थे । सँगै फिल्म खेल्नु त निकै परेको कुरा थियो ।

तर, उनीहरूबीच अहिले, झन्डै सात वर्षपछि भने मिल्ती भएको छ । आर्यन रेखाले निर्माण गर्न लागेको नयाँ फिल्म ‘रुद्रप्रिया’मा अभिनय गर्न राजी भएका छन् । बुधबार राजधानीमा आयोजित रुद्रप्रिया निर्माण घोषणासम्बन्धी अनौपचारिक कार्यक्रममा आर्यन र रेखाले व्यक्तिगत रूपमा जे भए पनि आफूहरूको व्यावसायिक सम्बन्ध भने राम्रै रहेको दाबी गरे । ‘हामीबीच त्यस्तो ठूलो कुनै दुस्मनी थिएन,’ रेखाले भनिन्, ‘घिसिपिटी कुरामा मनमुटाव भए होला । तर, अब भने हामी मिलेका छौँ ।’

आर्यनले पनि रेखासँग आफ्नो कुनै रिसइबी नरहेको दाबी गरे । ‘सायद समय परिस्थिति नै त्यस्तै थियो । बीचमा हामीबीच भेटघाट, कुराकानी हुने अवसर पनि मिलेन । म पनि काममा व्यस्त भएँ । उनी पनि व्यस्त भइन् । अब भने हामीसँगै काम गर्दै छाैँ,’ आर्यनले भने ।

छवि ओझा र रेखा थापाको ‘किस्मत’ फिल्मबाट हिरोको रूपमा डेब्यु गरेका आर्यनले त्यसपछि रेखासँग ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’मा अभिनय गरे । त्यसपछि भने उनीहरूको सम्बन्ध बिग्रियो । उनीहरूबीच ठ्याक्कै यही कारणले सम्बन्ध बिग्रिएको हो भनेर ठोकुवा गर्न भने कसैले सक्दैन । उनीहरू पनि आफूहरूबीच मनमुटाव हुनुको मुख्य कारण खुलाउँदैनन् । अब भने आफूहरू मिलेको उनीहरूको दाबी छ ।

बबीभूपाल सिंहको निर्देशनमा बन्ने रुद्रप्रियाको सुटिङ जेठ पहिलो साताबाट सुरु हुँदै छ । फिल्ममा प्रेमकथा प्रस्तुत गरिने बताइन्छ । फिल्म निर्माणमा रेखालाई एमके रमेश संवेदनाले साथ दिँदै छन् । संवेदनाले यसअघि ‘नाइन ओ क्लक’ नामक फिल्म निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button