फाइनलमा पुग्ला त नेपाली टिम ?

कतार फुटबल एसोसिएसन (क्युएफए) द्वारा जारी छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको सेमीफाइनल खेलमा नेपालले भोलि लेबनान सँग प्रतिस्पर्धा गर्दैछ।नेपालले हाल सम्म आयोजित प्रतियोगितामा सेमीफाइनल सम्मको यात्रा लगातार तय गर्न सफल भएको छ।पछिल्लो वर्षको प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल जोर्डन सँग ६-० गोल अन्तरले पराजित भएको थियो।यसअघि सन् २०१५ को फाइनलमा नेपाल भारत संग पेनाल्टी सुटआउटमा हारेको थियो।

भोलिको प्रतिद्वन्दी लेबनान गत वर्षको उपविजेता सँगै प्रतियोगिताकै दावेदार टिम रहेको छ।पछिल्लो वर्षको प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल जोर्डन सँग ६-० गोल अन्तरले पराजित भएको थियो।जारी प्रतियोगितामा नेपाल सँग समूह ‘बी’ मा रहेको लेबनान १३अंकका साथ पहिलो स्थानमा रहेको थियो। यो वर्ष टिममा केहि सुधार भएपनि नेपालले कडा परिश्रम गर्न जरुरी देखिन्छ।

सेमीफाइनल खेल भोलि शुक्रबार दोहा बस स्टेशन नजिकैको दोहा स्पोर्ट्स स्टेडियममा राती ९:२० बजे बाट शुरू हुँदैछ।खेल हेर्न दर्शकलाई प्रवेश निशुल्क रहेको छ।खेलको प्रतक्ष्य प्रसारण नेपाली फुटबल टिमको फेसबुक पेज बाट हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button