बिज्ञापन

खाडी राष्ट्रबिच युद्धको खतरा छैन :जर्मन विदेशमन्त्री

कतारले पठाएको मागको जवाफ प्रति छिमेकी राष्ट्रहरु रुष्ट भएपनि सैन्य युद्धको कुनै खतरा नभएको जर्मनी विदेशमन्त्री सिग्मार गाब्रिएलले भनेका छन्।

कतारले आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै नाकाबन्दी गरिरहेकाे साउदीअरेबिया, युएई, बहराइन, इजिप्ट राष्ट्रहरुको  बैठकले हिजो खाडी समस्या प्रति कतार जवाफ गम्भिर नभएको निस्कर्ष निकालेको थियो ।

खाडी समस्या बारे बुझ्न विदेशमन्त्री गाब्रिएलले यस हप्ता साउदी,कतार र कुवेतको भ्रमण गरेका थिए। उनले कतार माथि लगाईएको आरोप हटाउन जर्मनी प्रतिनिधि हरेक सहकार्यमा सहभागी हुने बताएका छन्। साथै कुनै पनि तोकिएको व्यक्ति वा संस्थाको विवरण दिन कतार र जर्मनी टोली बिच सम्झौता रहेको जानकारी पनि दिए ।

हिजो बसेको बैठक पछि निस्केको निस्कर्षले कतार माथिको नाकाबन्दी यथावत राख्ने घोषणा भएकाे छ। त्यस्तै अब कतारलाई गरिने थप योजना बारे कुनै जानकारी नदिएपनि ति राष्ट्रहरुले कतारको अर्थतन्त्रमा असर पर्ने खालको व्यापार प्रतिरोध कदम चाल्न सक्ने अल जजिराले लेखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button