संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं; सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका थिए।

सर्वोच्च अदालतको फैसला पछी क कस्ले के भने ?

संसद पुनर्स्थापना गर्ने अदालतको फैसलाले नेपाली जनताको जित भएको छ: प्रचण्ड

संसद पुनर्स्थापनापछि माधव नेपालको प्रतिकृया: अब ओली युगको अन्त्य भयो

काँग्रेसले भन्यो : संसद पुनर्स्थापनको फैसलाले अधिनायकवाद पराजित भयो

संविधानविरुद्ध षडयन्त्र गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई सर्वोच्चले खारेज गरिदियो: गगन थापा

प्रचण्ड-नेपालको अपिल: भोलिको विरोध सभा बिजयी सभाको रुपमा मनाऔं
चितवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले भोलि (बुधबार) का लागि आयोजना गरेको बिरोध सभालाई बिजयी सभाको रुपमा मनाउने भएको छ ।

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुने छैन:  प्रेस सल्लाहकार थापा 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button