शेख अब्दुलरहमान बने कतारको नयाँ प्रधानमन्त्री

शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी कतारको नयाँ प्रधानमन्त्री घोषित भएका छन् ।

पुर्व प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्देलअजिज अल थानीले पेश गरेको राजीनामा अमिर शेख तमिम बिन हमाद अल थानीले स्वीकृत गरेपछि अब्दुलरहमान कतारको प्रधानमन्त्री घोषित भएका हुन् ।

उनले आजै प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

यसअघि उनले सन् २०१६ देखि परराष्ट्रमन्त्रीको पद सम्हाल्दै आएका थिए । साउदी अरेबिया,युएई लगायतको छिमेकी राष्ट्रले कतारमाथि लगाएको नाकाबन्दी सुल्झाउन उनको ठुलो योगदान रहेको छ ।

त्यस्तै आन्तरिक मन्त्रीमा शेख खलिफा बिन हमाद बिन खलिफा अल थानी घोषित भएको अमिरी दिवानले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
27
मनपर्‍यो
खुसी लाग्यो
12
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
6
रीस उठ्यो
Back to top button