संक्रमितको संख्या फेरी बढ्यो,थप एक जानाको मृत्यु

गएको २४ घण्टामा २०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १३२ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये १५२ जना स्थानीय र ५४ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,४३,४२८ पुगेको छ ।

भाइरसका कारण आज एक जनाको ज्यान गएको छ । मन्त्रालयको  रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ९,२९२ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २४५ रहेको छ र निको हुनेको संख्या १,४१,१४७ पुगेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक

अस्पताल भर्ना भएका – ४५ जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २६५ जना

आईसीयुमा भर्ना भएका – ३ जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – २८ जना

आज सम्म जाँच भएको संख्या – १२,३१,८९० जना

अझै निको हुन बाँकीको संख्या : २,०३६ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button