अमिर यतिखेर सिंगापुरमा

क्युएनए
मलेसियाको दुई दिने भ्रमण सकेर अमिर शेख तमाम बिन हमद अल थानी हिजो सिंगापुर पुग्नुभएको छ।अमीर यतिखेर एसियन राष्ट्रहरूको भ्रमणमा हुनुहुन्छ।

अमिर सँगै कतारी प्रतिनिधिहरूलाई चाँगी विमानस्थलमा त्यहाँको उपप्रधानमन्त्री टिवो ची हिन,राष्ट्रिय विकासमन्त्री लरेन्स वोङ,सिंगापुरका लागि कतारी राजदूत अब्दुल्लाह विन इब्राहिम लगायत दूतावासको कर्मचारीहरु बाट भव्य स्वागत गरिएको थियो।

दुई दिने भ्रमणको क्रममा अमिरले आज बिहान त्यहाँको राष्ट्रपति हालीमह याकूब सँग भेटवार्ता गर्नुभएको छ।राष्ट्रपति भवनमा भएको भेटमा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्ध,त्यसको विकास र अन्य साझा मुद्दामा छलफल भएको छ।त्यस्तै दुई देश बीचको केही सम्झौता र ज्ञापनपत्रमा हस्ताक्षर समेत भएको छ।
सिंगापुर पछि अमिर इन्डोनेसिया प्रस्थान गर्नुहुनेछ।