यसै सिलसिलामा, आज मिति २०७५/१/११ गते अपरान्ह ३ बजे नेपाली राजदूतावास, दोहाको चान्सरी भवनमा पीडित नेपाली कामदारहरु, राजदूतावास र  कतारको श्रम विभागका अधिकृत प्रतिनिधिहरुसँग समस्याको सीघ्र समाधान गर्ने सम्बन्धमा सामूहिक छलफल भयो । राजदूतावासको तर्फबाट कतारको श्रम विभागको प्रतिनिधिहरुलाई कामदारहरुले विगत ३ देखि ६ महिनासम्मको तलव नपाएका, कामदारले खाना नपाएको, बासस्थानमा बिजूली र पिउँने पानी नरहेको लगायत विविध समस्याहरु रहेकोले यथाशीघ्र समाधानका लागि अनुरोध गरियो । कतारी पक्षबाट खाद्यान्न, खाना र बिजूलीको समस्या तत्कालै समाधान गर्ने र कामदारहरुको बाँकी तलब र अन्य समस्याका विषयमा कतारका सम्वन्धित निकायहरूसंग समन्वय गरी बढीमा १५ दिनभित्र समाधान गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।

 

नेपाली राजदूतावास

दोहा, कतार ।

२०७५/१/११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button