कतारले नेपालमा स्वास्थ्य सामग्री पठाउने

क्युएनए

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि कतारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग पठाउने भएको छ ।

अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा नेपाल संगै रुवाण्डा र टुनेसियामा आपतकालीन स्वास्थ्य सामग्री सहयोग पठाउन लागिएको कतार न्यूज एजेन्सीले बताएको छ ।

कतारले यसअघि पनि इटाली,इरान र गाजामा अन्तर्राष्ट्रिय सहयोग अभियानमा स्वास्थ्य सामग्री सहयोग पठाईसकेको छ । स्वास्थ्य सामग्री संगै कतारले इटालीमा दुई फिल्ड अस्पताल समेत पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button