कतारमा पनि लुट २ प्रर्दशन हुने


यो वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र लुट २ कतारमा पनि प्रर्दशन हुने भएको छ । हाइलाइट्स नेपाल तथा कतार नेपाल खबरको समन्वयमा अगामी फ्रेबुवरी महिनाको अन्तीममा चलचित्र प्रर्दशन हुने भएको हो । आयोजक को अनुसार कतारमा लुट २ ल्याउने तयारी ८० प्रतिशत भईसकेको र बाँकी कानुनी प्रक्रियाको काम भइरहेको छ ।

चलचित्र ग्रान्ड मल नजिकको एसियन टाउनको हलमा प्रर्दशन हुनेछ । लुट २ २०१२ को सर्वोकृष्ट चलचित्रको सिक्वेल हो । चार वर्ष पछि आएको लुट २ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन भने यसको निर्माता माधब वाग्ले र नरेन्द्र महर्जन रहेका छन् । यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, कर्मा, ऋचा शर्मा, बिपिन कार्की  लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


कतारका अरु धेरै  समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button