आप्रवाशी फुटबल प्रतियोगितामा नेपालको दोस्रो जीत , नेपाल २-१ मलेशिया

पाँचौ एसियन आप्रवाशी फुटबल प्रतियोगिताको लिग चरणमा नेपालले दोस्रो जित हात पारेको छ । हिजो अल थुमामा स्टेडियममा भएको खेल मा नेपालले मलेशियालाई २-१ गोल अन्तरले हराएको हो । पहिलो हाफ बराबरीमा खेलेको नेपालले दोस्रो हाफको ३८ औ मिनेटमा अमिर श्रेष्ठको गोल बाट अग्रता लिएको थियो । त्यसको केही बेरमै मलेशिया बाट पनि गोल हुँदा खेल बराबरीमा पुगेको थियो । खेल अन्तिमको ६२ औ मिनेटमा नेपाल को तर्फबाट अर्जुन सुब्बाले गोल गर्दा नेपालले जित हासिल गर्न सफल भएको हो । यस अघि नेपालले जापान लाई १०-० को भारी अन्तरले हराएको थियो ।
नेपाली टिमका अध्यक्ष सन्जीब रानाभाटले आज खेलाडीहरुले निकै मेहनतका साथ खेलेकोमा आफु खुशी रहेको बताउनु भयो । साथै अगामी खेलहरुमा अझै उत्कृष्ट खेल देखाउने मा आफु विश्वस्त रहेको उहाँले थप्नु भयो ।
नेपालको अर्को खेल १७ मार्च राती ९ः३० बजे फिलिपिन्स संग थुमामा स्टेडियमा नै हुनेछ।
यसै बिच हिजोको खेलमा नेपाली राष्ट्रिय रग्वी टिमको पनि उपस्थिती रहेको थियो । नेपाली फुटबल टिमका उपाध्यक्ष राजन श्रेष्ठले रग्वी टिमलाई उपस्थित गराउन पाउँदा खुशी व्यक्त गर्नुभएको छ । राष्ट्रिय रग्वी टिम एसिया रग्वी सेभेन्स प्रतियोगितामा भाग लिन रग्वी टिम यतीबेला कतारमा छ ।

