यू-१९ टी-२० विश्वकपको छनोटः नेपाल १०८ रनले विजयी, कुवेत २२ रनमा अलआउट

काठमाडौं,कात्तिक २२-

नेपालले आईसीसी यू-१९ टी-२० विश्वकपको एसियाली छनोटमा लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गर्यो। एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो।  नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २र२ विकेट लिए। कुवेतका ६ जना ब्याटरले खाता खोल्न सकेनन्।

यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो। कुवेतविरुद्ध ब्याटिङमा नेपालका पुजा महतोले ३४, साना प्रभिनले २५ र ज्योत्सिन्का मरासिनीले २३ रन जोडेका थिए।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button