राजदूत भारद्वाजबाट ओहोदाको प्रमाणपत्र पेश

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कतारका अमिर शेख तमिमविन हमाद अल–थानी समक्ष ओहोदाको प्रमाणपत्र आइतवार पेश गर्नुभएको छ ।
नवनियुक्त राजदूत भारद्वाजले अमिरी दिवानमा आयोजित एक समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेको कतार न्यूज एजेन्सीले जनाएको छ ।
अमिरले भारद्वाज सँगै अन्य तीन देशका नवनियुक्त राजदूतहरुलाई सफल कार्यकाल तथा दुर्इ देश बीचको सम्बन्ध मजबुत राख्नका लागि स्वागत सँगै शुभकामना व्यक्त गर्नुभएको छ ।