कतारमाथिको नाकाबन्दी हट्यो

कतारमाथी छिमेकी देशहरुले लगाएको जल,थल तथा हवाई नाकाबन्दी आज देखि हटेको छ ।
साउदी अरेबियाको अल उला सहरमा आज भैरहेको गल्फ कर्पोरेशन काउन्सिल (जिसिसी)को ४१ औं सम्मेलनमा साढे तीन वर्ष लामो नाकाबन्दी हटाउन औपचारिक सहमती भएको छ । अमीर शेख तमीम बिन हमद अल थानीसंगै कुवेतका अमीर शेख नवाफ अल-अहमद अल जबर अल सबाह, साउदीका राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजीज अल सउद, बहराइनका राजकुमार सलमान बिन हमद अल खलीफा, युएईका उपराष्ट्रपति तथा दुबईका राजा शेख मोहम्मद बिन रशीद र ओमानी उपप्रधानमन्त्री फहद बिन महमूद अल सईदले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुरूप साउदी अरेबियाले कतारसंगको हवाई,भुमि तथा समुन्द्री नाका गएको राती देखि नै खुला गरिसकेको छ ।
सम्मेलनमा भाग लिन कतारको तर्फ बाट अमिर शेख तमिम बिन हमाद अल थानी साउदी अरेबिया पुग्नुभएको थियो । अमिरलाई स्वागत गर्न त्यहाँको राजकुमार मोहम्मद बिन सलमान विमानस्थल पुग्नुभएको थियो ।