हज तीर्थयात्रीहरुका लागि साउदी अरेबियाले नाकाबन्दी खोल्यो

हज तथा उम्राह गर्न आउने कतारी तीर्थयात्रुहरुका लागि साउदी अरेबियाले नाकाबन्दी खोल्ने भएको छ।अगष्ट महिनाकाे अन्तिम देखि शुरू हुने हजका लागि नाकाबन्दी खोल्न साउदीको राजा सलमानले उक्त आदेश दिएको हो।

दोहाबाट गएका दूत एचइ शेख अब्दुल्लाह विन अलि विन अब्दुल्लाह विन जस्सेम अल थानी र साउदीको राजकुमार मोहम्मद सलमान बीच भएको भेटवार्ता पछि राजा सलमानले सो निर्णय गरेको साउदी प्रेस एजेन्सीले जनाएको छ।

साउदी प्रेस एजेन्सीको अनुसार राजा सलमानले आफ्नै खर्चमा विमान चार्टर गरेर कतारी यात्रुहरुलाई राजधानी जैदाहा ल्याईनेछ।त्यस्तै राजा फहद र अल अहसा अन्तराष्ट्रिय विमानस्थल बाटको खर्च पनि नि:शुल्क रहने समाचारमा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button