चितवनमा विदेशी नागरिक घुमाउन हिडेका माझि गैँडाको आक्रमणबाट घाइते

चितवन, कात्तिक २४-

चितवनमा आज (शनिबार) गैँडाले आक्रमण गर्दा एक पुरुष घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका २७ मेघौली निवासी २८ वर्षीया जग बहादुर माझि गैँडाको आक्रमणबाट घाइते भएका हुन् ।

बिहान ९ बजे दुई जना विदेशी पैदल यात्री घुमाउन हिडेका माझिलाई गैँडाले आक्रमण गर्दा पेटमा चोट लागेको छ । आक्रमणबाट मध्यम घाईते भएका माझिको भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै विदेशी नागरीक भने सुरक्षीत छन् ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button