प्रधानमन्त्री ओलीको गैरजिम्मेवार भूमिकाका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त भएको छः अध्यक्ष साह

काठमाडौँ, कात्तिक २९-

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार भूमिकाका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेको आरोप लगाएका छन् । हालै हवाई भाडामा भएको मनपरी वृद्धिले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जाल फेसबुक पेजमा साहले लेखेका छन्, ‘नेपालमा जे पनि गर्ने छुटले अराजकता एवं अन्यौलता बढ्दैछ । सरकारको गैरजिम्मेवार भूमिकाले सिङ्गै पर्यटन क्षेत्र अस्तव्यस्त भई रहेको सन्दर्भमा हवाई भाडामा भएको मनपरी वृद्धले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने पक्का छ ।’

अन्तर्राष्ट्रिय उडानको हवाई भाडामा भएको मनपरी वृद्धिलाई सरकारले नियन्त्रण गर्नुको सट्टा उल्टै जनतालाई भ्रमित गरिरहेको आरोप उनले लगाए । कमिसनको चक्करमा जे पनि गर्ने ओली सरकारको कुकर्मले आज विदेश जाने नेपाली श्रमिकहरू ठुलो आर्थिक मारमा परेको साहले जनाएका छन् ।

हेर्नुहोस उनको स्टाटसः

अन्तराष्ट्रिय उड़ानको हवाई भाड़ामा भएको मनपरी वृद्धिलाई सरकारले नियन्त्रण गर्नुको सट्टा अल्टै जनतालाई भ्रमित गरिरहेको छ । कमिशनको चक्करमा जे पनि गर्ने ओली सरकारको कुकर्मले आज बिदेश जाने नेपाली श्रमिकहरू ठुलो आर्थिक मारमा परेकाछन । हिजो नेपालबाट दिल्लीको उड़ान गर्दा १२-१४ हजार लागने हवाई भाड़ा आज ६०-६५ हजार भएकोछ, कतारको ३०-३५ हजारबाट एक लाख भएकोछ, दुबईको ३५-४० हजारबाट १ लाख १५-२० हजार पुगेकोछ । यसरी नेपालमा जे पनि गर्ने छुटले अराजकता एवं अन्यौलता बढ़दैछ । सरकारको गैर जिम्मेवार भुमिकाले सिंगै पर्यटन क्षेत्र अस्तव्यस्त भई रहेको सन्दर्भमा हवाई भाड़ामा भएको मनपरी वृद्धले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने पक्का छ । यसर्थ हवाई भाड़ामा भएको मनपरी वृद्धि रोकन सरकारी निकायको अस्वाभाविक भुमिकाको विरोध गरौं, हवाई भाड़ा घटाउन चौतर्फ़ी दवाव सृजना गरौं ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button