एभरेष्ट नेपाली युथ एसोसिएसनको वनभोज तथा साँस्कृतिक कार्यक्रम

अमृत शर्मा (पोखरेल) – समाज परिवर्तन सँगसँगै सामाजिक सेवामा युवा अभियान भन्ने मुल नाराका साथ स्थापित भएको एभरेष्ट नेपाली युथ एसोसिएसनले वनभोज तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
एसोसिएसनको प्रथम वार्षिकोत्सवको अवसरमा “पोखरा वृद्धाश्रम” को सहयोगार्थ “साँस्कृतिक कार्यक्रम २०१७ साथमा रमाइलो बनभोज” को लागि ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु बहु चर्चित गायक कमल खत्री, बहु प्रतिभाशाली नायिका तथा मोडल बेनिशा हमाल, चर्चित लोक दोहोरी गायिका बन्दना पाण्डे धमाका मच्चाउन कतार अाउदै हुनुहुन्छ।
साथमा ‘द रेन्ज ब्यान्ड’ को उत्कृष्ट लाइभ प्रस्तुती, यु एन्ड अाईको डान्स त्यस्तै गायकहरु रविन राई, रित कुमार श्रेष्ठ, नरेन खड्का र दामोदर न्यौपाने लगायतको प्रस्तुतीले कार्यक्रमको रौनकता थप्ने छ भने मोडल तथा सफल नृत्याङ्गनाहरु यशोधा बस्नेत, सृजना गुरुङ एवं रेखा लामा गुरुङ को प्रस्तुति ले थप स्टेज तताउनु हुनेछ ।
उपस्थिति कलाकारहरूले समस्त गीत, संगीत, प्रेमीहरूलाई भरपुर मनोरञ्जन गराउने संस्थाका महासचिव बलहरी राना मगरले बताउनु भएको छ । साथै स्थानीय प्रख्यात कलाकारहरूको समेत बेजोड प्रस्तुति हुने उहाँले बताउनु भएको छ ।
कार्यक्रम कतारको साहनिया स्थित अल दोसरी गार्डनमा आउँदो ३ फेब्रअरी शुक्रबारका दिन हुनेछ । उक्त दिन समाजको प्रथम बार्षीक उत्सव भएकोले पोखरा सितापाईला रहेको पोखरा बृद्धाआश्रममा बस्ने असाहाय तथा बृद्धाबृद्धहरूको सहयोगार्थ गर्न लागिएको उहाँले बताउनु भएको छ ।
उक्त कार्यक्रम का बारेमा थप जानकारीका लागि ५०१२९९०० वा ७७०३६०९७ मा संपर्क गर्न सक्नुहुने छ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।