कतार नछोडी कम्पनीको बिना अनुमति काम फेर्न पाईन्छ ?

प्रश्न : नयाँ कानून अनुसार ,कम्पनीको बिना अनुमति कतार नछोडी काम फेर्न पाईन्छ कि पाइदैन ? मैले अरु कम्पनी बाट राम्रो अफर पाएको छु । यसको लागि मैले के गर्दा ठिक होला ?
उत्तर : आफ्नो कामको करार सकिएपछि (निश्चित करार) वा एउटै कम्पनीमा पाँंच वर्ष भन्दा बढी (अनिश्चित करार )काम गरेको छ भने नयाँ श्रम कानून अनुसार सरकारको अनुमतिमा काम परिवर्तन गर्न पाइन्छ । त्यसका लागि कम्पनीलाई कम्तिमा पनि एक महिना अगावै खबर भने दिनुपर्नेछ । काम परिवर्तन गर्न चाहने श्रमिकले अनलाइन मार्फत प्रशासनिक विकास श्रम तथा सामाजिक मन्त्रलायको वेबसाइटमा निवेदन दिनुपर्नेछ । त्यहाँ बाट स्वीकृति प्राप्त भएपश्चात काम परिवर्तन गर्न पाइन्छ ।
आजको गल्फ टाइम्स बाट साभार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो