कतारमा कोरोना : आज १,५२६ जनाको रिपोर्ट पोजेटिभ, कुल संक्रमितको संख्या २५ हजार नाघ्यो

पछिल्लो समय कतारमा कोरोनाको संक्रमण बढ्दो अवस्थामा छ । आज मंगलवार पछिल्लो २४ घण्टामा ४,२५० जनालाई जाँच गर्दा थप १,५२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १७९ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २५,१४९ पुगेको छ । आज देखिएको संक्रमण हालसम्मकै उच्च हो ।
सरकारको उच्च सतर्कता र व्यापक जाँचका कारण कतारमा यतिखेर भाइरसको अवस्था उत्कर्षमा पुगेको छ । साथै केहि दिन पश्चात संक्रमितको संख्या बिस्तारै ओरालो लाग्ने मन्त्रालयले बताएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/saLEJTpNgt— وزارة الصحة العامة (@MOPHQatar) May 12, 2020
हालसम्म ३,०१९ जना निको भएर घर फर्किएका छन् भने २२,११६ जना उपचारत छन् । आज सम्म १,३५,२९४ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १४ जनाको मृत्यु भईसकेको छ ।
नेपालमा के छ अवस्था ?
(यो समाचार तयार पार्दा सम्मकुल संक्रमित र मृत्युहुने को संख्या )
नयाँ संक्रमित ५७ जना | हाल सम्म संक्रमित १९१ जना | निको हुने ३३ जना | १२,७८५ क्वारेन्टाइनमा | २२८ आइसोलेसनमा | ० मृत्यु
गल्फमा कहाँ कती भए
(क्युएनखबरले यो समाचार तयार पार्दासम्म कुलसंक्रमित, निको हुने र मृत्युहुने को संख्या)
१-साउदी अरेबिया——- ४१,०१४ / निको हुने १२,७३७ / मृतक संख्या २५५ (नयाँ अपडेट आउन बाँकी)
२-संयुक्त अरब इमिरेट्स- १९,६६१ / निको हुने ६,०१२ / मृतक संख्या २०३ (नयाँ २ जनाको मृत्यु )
३-कुवेत—————– ७,२०८ / निको हुने २,९०७ / मृतक संख्या ६५ (नयाँ अपडेट आउन बाँकी)
४-बहराइन ————- ५,२३६ / निको हुने २,१५२ / मृतक संख्या ९ (नयाँ १ जनाको मृत्यु)
५-ओमान —————३,७२१ / निको हुने १,२५० / मृतक संख्या १७ (नयाँ अपडेट आउन बाँकी)