तेरियाले जितिन् “झलक दिखला जा” को ताज

नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले लेखेको छ । जसको लिंक हेर्न यहाँ क्लिक गर्नुहोस्ः http://www.bollywoodlife.com/news-gossip/jhalak-dikhhla-jaa-9-winner-teriya-magar-former-dance-india-dance-winner-takes-home-the-trophy/
तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् । विशेषगरि, तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधी जितेकको अनलाइनले जनाएको छ । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ । रुपन्देहीकि तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत आह्वान गरिएको थियो । अनलाइन र एसएमएसबाट उनलाई भोट गरिएको थियो । तेरियाले कति भोट पाइन् भन्ने खुलेको छैन । तर, सेलिब्रेटीहरुको डान्स शो पनि जितेर तेरियाले अर्को सफलता कायम गरेकी छिन् ।
source : अनलाइनखबर