विश्वकप कामदारले अब मोबाइल बाटै घर पैसा पठाउन मिल्ने

कतारमा हुने २०२२ विश्वकप निर्माणको जिम्मा लिएको सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी  (एससी)ले कमर्सियल बैंक अफ कतार सँग साझेदारी गर्दै विश्वकप निर्माणाधीन कामदारहरूलाई मोबाइल बाट स्वदेश पैसा पठाउन मिल्ने व्यवस्था गरेको छ।

दुई कम्पनी बीचको समन्वयमा ती कामदारहरूलाई बैंक को एप्प मार्फत छिटो,छरितो र भरपर्दो माध्यम बाट आकर्षक रेट मा नै पैसा पठाउन सकिने व्यवस्था भएको हो।यो व्यवस्था सँगै कामदारले आफ्नो बचेको समय एटिएममा घण्टौं लाइनमा बसेर,पैसा झिक्ने र रेमिट्यान्स सेन्टर गएर पैसा पठाउन झन्झट बाट मुक्ति पाएका छन्।

यसै सिलसिलामा एससी ले केहि हप्ता देखि रेमिट्यान्स सेन्टर र एटिएम को पहुँच नभएका कामदारलाई उक्त एप्प बारे विस्तृत गर्दै आइरहेको छ।त्यस्तै व्यवस्थामा ल्याइएको एप्प सँग सम्बन्धित कुनै जिज्ञासाको लागि कल सेन्टर पनि सञ्चालनमा ल्याइएको छ।

झण्डै आठ हजार विश्वकप कामदारहरु कमर्सियल बैंक मार्फतको कारोबारमा छन्।जसमध्य प्रत्येक महिना १६ मिलियन भन्दा बढी कतारी रियाल कामदारले आफ्नो घर पठाउने गरेको तथ्याङ्क छ।नयाँ एप्प मार्फत आकर्षक रेट पाइन्छ भने पैसा पठाउने सेवा शुल्क पनि ५ रियाल भन्दा माथि देखि उपलब्ध रहेको छ।यस एप्प बाट पैसा पठाउन देखि लिएर ब्यालेन्स बुझ्न,कारोबार हेर्न,पिन नम्बर बदल्न र हराएका तथा चोरी भएका कार्ड बन्द गर्न समेत सकिन्छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button