आफ्नै प्रदेशको सम्मेलन छाडेर नेता कोइराला चितवन आउँदै

काठमाडौँ, मंसिर २१-
नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलन भोलि (शनिबार) हुँदैछ । तर कांग्रेस नेता शेखर कोइराला आफ्नै प्रदेशको सम्मेलन छाडेर चितवन आउने भएका छन् ।
कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलन पूर्व पार्टीभित्र लफडा पनि देखिएको छ । प्रथम कोशी प्रदेश सम्मेलनका लागि पार्टी सभापति देउवा लगायत नेता विराटनगर पुगिसकेका छन् । तर नेता कोइराला भने आफ्नै प्रदेशको सम्मेलन छाडेर चितवन जाने भएका हुन् ।
कोइराला समूहले यसअघि प्रदेश स्तरीय पालिका सभापतिहरूको भेला सम्पन्न गरिसकेको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो