राहदानी लिन आउन दूतावासको आग्रह

लट नं ७२ अन्तर्गत अक्टोबर १८ सम्म आवेदन बुझाएका र लाइभ इनरोलमेन्ट मार्फत फाराम भरेका मध्यहरुको एमआरपी राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासले आज सूचना प्रकाशित गरेको छ।
त्यसका लागि सक्कलै नागरिकता पुरानो/अस्थायी राहदानी र नगदी रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन दूतावासले सम्बन्धित सबैलाई जानकारी समेत गराएको छ।
साथै राहदानी शुक्रबार र शनिबार बाहेक हरेक दिन १२ बजे देखि २ बजे सम्म लिन सकिनेछ।