हरेक समयमा आइडी अनिवार्य रुपमा बोक्न पर्ने : आन्तरिक मन्त्रालय

आन्तरिक मन्त्रालयले आफ्नो कतारी आइडी जुनसुकै बेला अनिवार्य रुपमा बोक्न आग्रह गरेको छ । आफ्नो पहिचान दिने एकमात्र प्रमाण नै आइडी भएको कारण आइडी बोक्न मन्त्रालयले सुभाव दिएको हो ।त्यस्तै सम्बन्धित कर्मचारी ले आग्रह गरेको बेला आइडी देखाउनुपर्दछ । देखाउन नसकेको खण्डमा १० हजार रियाल सम्मको जरिवाना रहेको छ । हराएको खण्डमा जेनरल पासपोर्ट निर्देशानलय को कार्यलयमा तुरुन्त सम्पर्क गर्नुपर्नेछ । कतार प्रबेश गर्नको लागि नागरिकले हरेक एयरपोर्टहरुमा अनिवार्य रुपमा आइडी देखाउनुपर्दछ र बिना आइडी कतार प्रबेश गर्न पाइने छैन् ।
आइडी हराएमा वा बिग्रेमा के गर्ने ?
आइडी कतार भित्रै हराएको खण्डमा आप्रवाशी नागरिकले आफ्नो कम्पनी मा तुरुन्त खबर गर्नुपर्दछ ।कम्पनीको संम्बन्धित कर्मचारीले पासपोर्ट निर्देशानलय कार्यलयको कुनै शाखामा गई आइडी हराएको नागरिकको पासपोर्ट बुझाई नयाँ आइडी लिनसक्नेछन् । नयाँ आइडीको लागि दुईसय कतारी रियाल जरिवाना भर्न पर्ने हुन्छ ।
आइडी कतार बाहिर हराएमा आप्रवाशी नागरिकले हराएको देशमा निवेदन दिई आधिकारिक रिपोर्ट आफ्नो कम्पनीमा पठाउनु पर्नेहुन्छ । कम्पनीले रिर्टन पर्मिट निकाल्नेछ । त्यसको लागि पनि दुईसय कतारी रियाल लाग्दछ । रिर्टन पर्मिट आइडी हराएको नागरिकलाई पठाएको खण्डमा कतार प्रवेश गर्न सकिन्छ । कतार प्रवेश गर्नसाथ नागरिकले पासपोर्ट निर्देशानलय कार्यलयको कुनै शाखामा गई नयाँ आइडी लिनुपर्नेछ ।
कतारमा सम्बन्धित कर्मचारी ले आग्रह गरेको बेला आइडी देखाउन नसकेको खण्डमा १० हजार रियाल सम्मको जरिवाना रहेको छ ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।