लेबनान सँग हार्यो नेपाल

छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको सेमीफाइनल खेलमा नेपाल लेबनान सँग पराजित भएको छ।आज कतार फुटबल संघका पदाधिकारी र रेफ्री बीच बसेको बैठकले नेपाल विरूद्ध निर्णय गरेको हो।

मार्च १६ मा दोहा स्पोर्ट्स स्टेडियममा भएको उक्त खेलमा रेफ्रीले लेबनानको पक्ष लिएको भन्दै नेपाली खेलाडीहरुले मैदान छाडेका थिए।त्यस लगत्तै नेपाली दर्शकहरु मैदानमा प्रवेश गरेपछि सुरक्षाका कारण देखाउँदै आयोजकले खेल स्थगित गरेको थियो।खेलमा लेबनानले ३-१ गोल अन्तरले अग्रता लिएको थियो।नेपाल विरूद्धको पहिलो र तेस्रो गोल अफसाइड र दोस्रो गोल बिना गल्ती दिइएको पेनाल्टी मार्फत भएको थियो।नेपालका लागि एक मात्र गोल कप्तान शिव श्रेष्ठले फ्रिकिक मार्फत गरेका थिए।यसैबीच तेस्रो स्थानको लागि मार्च २२ मा नेपाल र जोर्डन बीच प्रतिस्पर्धा हुँदैछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button