
कोभिद १९ का कारण विदेशमा फसेका स्थानिय तथा आप्रवासी कामदार कतार फर्कनका लागि सरकारले सुरु गरेको इन्ट्री परमिटको लागि आज देखि निवेदन दिन सकिने भएको छ । परमिटको लागि नागरिकले कतार पोर्टल को वेबसाइट बाट फारम भर्नुपर्नेछ । कतारी आइडी भएकाहरुले खाता खोलि आवश्यक विवरण भरेर फारम बुझाउनुपर्नेछ। नागरिककोहरुलाई स्वास्थ्यकर्मी , विभिन्न सरकारी र अर्ध-सरकारी क्षेत्रहरूको कर्मचारी लगायत प्राथमिकताको आधारमा कतार प्रवेश गर्न दिइनेछ। सरकारले तोकेको क्वारेन्टाइन सेन्टरको १४ दिनको शुल्क २१६० देखि ४३०२ रियाल सम्म रहेको छ।