लिग–२ मा आज नेपाल र स्कटल्याण्डबीचको खेल हुँदै

काठमाडौं, कात्तिक १९-

आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।

जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने स्कटल्याण्डले ३ खेलमा २ जित र एक हार हासिल गरेको छ ।

स्कटल्याण्डले अमेरिकासँगका दुवै खेल जितेको छ भने नेपालसँगको खेल हारेको थियो ।

लिग–२ मा अहिलेसम्म स्कटल्याण्ड १० खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका १२ खेलमा १६ अंक हासिल गर्दै शिर्ष स्थानमा छ । त्यस्तै नेपाल ११ खेलमा ५ अंकसहित सातौं स्थानमा छ ।

यो त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल पनि हो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button