फेब्रवरी २२ सडक खण्ड एघार महिना सम्म साघुरो हुने


सवारी चालकहरुले अब फेब्रवरी २२ सडकमा सर्तकता अपनाउनु पर्ने भएकोे छ । कतारमा सडक निर्माण कार्य गरिरहेको “असघाल” ले फेब्रवरी २२ सडकमा भएको तीन लेन सडक खण्डको प्रत्येक भागको चौडाई ८०० मिटरले घटाएको छ । ट्राफीक प्रहरी विभाग संगको सहकार्यमा सडक अगामाी एघार महिना सम्मको लागी साघुरो गरिएको छ । प्रभावित क्षेत्र स्पोट्र्स राउन्ड बाउट बाट अल समाल तर्फको अल रेयान राउन्ड बाउट सम्म रहेको छ ।

साथै यस रुट हुँदै अल समाल र औधौगीक क्षेत्र तर्फ जाने ट्रक तथा अत्याधिक वजन भएका सवारी साधनहरु माथी पनि विभागले रोक लगाएको छ । यस्ता सवारी साधनहरुलाई बनाईएको नयाँ वैकल्पीक बाटो प्रयोग गर्न असघालले जनाएको छ । व्यस्त सडक भएको हुनाले सुरक्षाका निमित्त उच्च गती ५० कि.मी प्रति घन्टा तथा नयाँ ट्राफीक संकेत प्रयोग गर्न सवारी चालकहरुलाई जानकारी गराईएको छ ।

असघालको अल रेयान रोड अपग्रेड प्रोजेक्ट अन्र्तगत आकाशे पुल मार्गको निर्माणका लागी सडक हिजो मंगलबार देखि लागु हुने गरी साघुरो गरेकोे छ । बन्ने नँया पुल मार्गले दोहा एक्सप्रेस मार्ग र अल रेयान रोडको पश्चिमी सडकलाई जोड्नेछ ।


कतारका अरु धेरै  समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button