कतार एयरवेजमा निशुल्क इन्टरनेट

कतार एयरवेजको यात्रुहरुले अब निशुल्क तिब्र गतिको इन्टरनेट सेवा सुविधा लिन पाउने भएको छ।एयरवेजको ब्रोडब्यान्ड इन्टरनेट सेवा जीएक्स एभिएसन टेक्नोलोजी जडान भएको सम्पूर्ण बोइङ्ग ७७७ र एयरबस ए ३५० जहाजमा लिन सकिनेछ।एयरवेजको प्रदान गरेको यस सेवा खाडी क्षेत्र र उत्तर अफ्रिकी राष्ट्रहरू मध्ये पहिलो हो।

वाइफाइ उडानको समयमा कामको लागि वा मनोरञ्जनका लागि बिना रोकावट प्रयोग गर्न सकिने एयरवेजले बताएको छ।त्यस्तै निशुल्क एक घण्टा पश्चात यात्रुहरुलाई थप सेवा आवश्यक परेको खण्डमा सम्पूर्ण उडानभरको सेवा सुपथ मूल्यमा खरिद गर्न सकिने व्यवस्था पनि गरिएको कतार एयरवेजले जनाएको छ।