दोहा अन्तर्राष्ट्रिय विमानस्थल पुन: सन्चालनमा आउने

सन् २०१४ देखि बन्द गरिएको दोहा अन्तर्राष्ट्रिय विमानस्थललाई कतारले पुन सुचारू गर्ने भएको छ ।
पुरानो विमानस्थल सन्चालनमा आउने भएपछि नेपाल एयरलाइन्स, जजिरा एयरवेज, सलाम एयर, पेगासस एयरलाइन्स र फ्लाई दुबईले सेप्टेम्बर १५ देखि डिसेम्बर ३० सम्म दोहा विमानस्थलबाट उडान स्थान्तरण गर्ने सूचना जारी गरिसका छन् ।
फिफा विश्वकपको समयमा हवाई ट्राफिकको व्यवस्थापन गर्न दोहा विमानस्थल सेप्टेम्बर १५ देखि पुन सन्चालनमा आउनेछ । नोभेम्बर २० देखि आयोजना हुने प्रतियोगिताको पिक समयमा दैनिक एक लाख पचास हजार यात्रु कतार भित्रिने अनुमान गरिएको छ ।
हमाद अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएयता साधारण यात्रुका लागि बन्द रहेको दोहा विमानस्थल कतारको राजकीय परिवार, भिआईपी र वायु सेनाले प्रयोग गर्दै आएका थिए ।
यता हमाद विमानस्थलले यसै वर्षको अक्टोबर देखि पहिलो चरणको विमानस्थल विस्तार गर्ने घोषणा गरिसकेको छ ।
नेपाल एअरलाईन्सको उडान स्थानान्तरण सम्बन्धी सूचना !
