कतारले मलेसियाबाट ३६ सय रुख ल्याउँदै

कतारले मलेसियाबाट तीन हजार ६ सय रुख ल्याएको छ ।
मलेसियाको एलिगान्सिया समूहले हालसालै त्यहाँबाट ३,६०० विशाल रुख कतार पठाएको घोषणा गरेको छ।
कम्पनीको दिगोपन पहल प्रवर्द्धन गर्न र कतारसंगै हरियाली पृथ्वीको लागि योगदानको प्रयास भएको कम्पनीले भनेको छ ।

कम्पनीको अनुसार यस चुनौतीपूर्ण परियोजना दुई हप्ताको अन्तरालमा ती रूखहरू ढुवानी गर्न विशेष जहाजको प्रयोग गरिएको छ । कम्पनीले १८ मिटर सम्म उचाई रहेको रुखलाई २० मिटर कभर होल्डको कन्टेनरमा लोड गरि पठाएको छ ।
राम्रो काम कुनै समय कतारमा रहदा को याद आयो त्यतिबेला देखि अहिले सम्म समाचार निरन्तर सम्प्रेषण हुनु खुशिको कुरा हो