जीसीसी बैठकमा कतारबाट प्रधानमन्त्री जाने

अल जजिरा

साउदी अरेबियाको मक्का सहरमा यसै हप्ता हुने जीसीसी बैठकमा कतारको तर्फ बाट प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख अब्दुल्लाह बिन नासेर बिन खलिफा अल थानी जाने निश्चित भएको छ । कतारमाथि गरिएको नाकाबन्दीको दुर्इ बर्षमा यो पहिलो पटक उच्चस्तरीय भेटघाट  रहेको छ ।

परराष्ट्र मामिला मन्त्रालयका प्रवक्ता लोलवाह अल खतेरले प्रधानमन्त्री शेख अब्दुलाहको सहभागीता रहने जनाउदै कतारले अरब ,द्यइस्लामिक तथा अन्तर्राष्ट्रिय स्तरका सकरात्मक बैठकमा सधैं उपस्थित रहेको बताएकी छिन् ।

यता अल जजिराका अनुसार प्रधानमन्त्री शेख अब्दुल्लाह र साउदी , युएई , बहराइन लगायत अन्य देशका उच्च अधिकारीहरु बीचको बैठक आज बाट सुरु हुनेछ ।

आकस्मिक बैठकमा सहभागी हुन साउदी अरेबियाका राजा सलमानले यो हप्ताको सुरुमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई लिखित पत्र मार्फत निमन्त्रणा दिएका थिए । बैठकमा साउदी र इरान बीच बढेको तनावकाे हल खोज्ने तथा जिसीसी राष्ट्र बीचको सम्बन्ध बारे छलफल गरिने विश्वास गरिएको छ ।

सन् २०१७ को जुन देखी साउदी अरेबिया , युएई ,बहराइन , इजिप्टले कतारमाथि नाकाबन्दी गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button