कतार एयरवेजले जित्यो विश्वकै उत्कृष्ट एयरलाइन्सको उपाधि

कतार एयरवेजले छैठौं पटक प्रतिष्ठित स्काईट्रेक्स “एयरलाइन्स अफ द इयर”को उपाधि जितेको छ । 

उत्कृष्ट एयरलाइन्ससंगै एयरवेजले विश्वको सबैभन्दा उत्कृष्ट बिजनेस क्लास, उत्कृष्ट बिजनेस क्लास सीट र मध्यपूर्वको उत्कृष्ट एयरलाइन्सको उपाधि पनि जितेको छ।

“हामीले फेरी गर्यौं,कतार एयरवेजले छैठो पटक रेकर्ड तोड्दै ‘एयरलाइन अफ द इयर’ जितेको छ । हामीले मध्यपूर्वमा सर्वश्रेष्ठ एयरलाइन्स संगै विश्वको सर्वश्रेष्ठ अन्य चार अवार्ड पनि जित्यौ, “एयरलाइन्सले ट्वीट गरेको छ ।

 

सेप्टेम्बर २०१९ देखि जुलाई २०२१ सम्म यात्रुहरुबाट गरिएको सर्वेक्षण अनुसार ३५० एयरलाइन्स मध्ये कतार एयरवेजले पहिलो स्थानमा आएको हो । कतार एयरवेज संगै सिङ्गापुर एयरलाइन्स दोस्रो र जापानको निप्पोन एयरवेज तेस्रो भएको हो ।

एयरवेजले कोरोनाभाइरसको महामारीको बाबजुद पनि उत्कृष्ट सेवा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button