दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैतमा हुने

काठमाडौं, मंसिर २१

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो चैतमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आज बसेको ११८औं बोर्ड बैठकले आउँदो चैत २३ देखि ३० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको राखेपका बोर्ड सदस्य डा. मधुसूधन सुवेदीले जानकारी दिए ।

यसअघि उक्त प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म गर्ने तयारी थियो । तर, तयारी नपुगेको भन्दै तोकिएको मितिमा हुन सकेको थिए । दशौं राष्ट्रिय खेलकुदमा ३५ वटा खेल समावेश हुने सदस्य सुवेदीले बताए ।

२०७९ को असोज–कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदबाटै दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय भएको थियो । खेलकुद मन्त्रीले फागुनमा गर्ने प्रस्ताव गरेपनि खरिददेखि मैदान निर्माणसम्मको विषयले चैतमा गर्न लागिएको हो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button