बिज्ञापन

आज २३१ जनामा भाइरस देखियो,थप १ को मृत्यु

गएको २४ घण्टामा २३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २१८ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज भाइरस देखिएका मध्ये २२२ जना स्थानीय र ११ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२०,०९५ पुगेको छ ।

भाइरसको कारण आज १ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५,०३५ जनालाई परिक्षण गरिएको थियो ।

कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २०३ रहेको छ र निको हुनेको संख्या १,१६,९९८ पुगेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक

अस्पताल भर्ना भएका – ३६ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – ४०५ जना

आईसीयुमा भर्ना भएका – ३ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – ४९ जना

आज सम्म जाँच भएको संख्या – ६,६०,००८ जना

निको हुन बाँकीको संख्या : २,८९४ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button